इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन ‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै इरानले आफ्ना विगतका कार्यहरूका लागि अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन,‘मैले इरानले भर्खरै पठाएको योजनाको चाँडै समीक्षा गर्नेछु । तर यो स्वीकार्य होला भनेर म कल्पना गर्न सक्दिनँ, किनकि विगत ४७ वर्षमा मानवता र विश्वका विरुद्ध इरानले जे–जति गरेको छ, त्यसको लागि उसले अझै ठूलो मूल्य चुकाएको छैन ।’
फ्लोरिडामा एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले प्रस्तावको अवधारणाबारे सुनेको तर पूर्ण पाठ हेर्न बाँकी रहेको बताए । उनले भने,‘मलाई सम्झौताको अवधारणाबारे बताइएको छ । उनीहरूले मलाई अहिले विस्तृत विवरण दिँदैछन् ।’
थर्ड पोल 