ऊर्जामन्त्री खड्का र प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबीच बढ्दै दूरी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबीच दूरी बढ्दै गएको छ ।मन्त्रीले आफूखुसी निर्णय गराउन खोजेको र आफूले भनेको शाक्यले नमानेपछि दुरी बढेको कर्मचारीहरू बताउँछन् ।
“मन्त्रीज्यूले जे सोचेर हितेन्द्र शाक्यजीलाई कार्यकारी निर्देशक बनाउनु भएको हो । त्यसअनुरुप उनले काम गर्न सकेनन् । मन्त्रीज्यू निकै रुष्ट हुनुहुन्छ । यस्तै हो भने हितेन्द्र पनि धेरै दिन एमडी रहलान् जस्तो लाग्दैन,” एक कर्मचारीले भने ।
ऊर्जामन्त्री खड्काले पीपीए खुलाउन दबाब दिएपछि सम्बन्धमा खट्पट सुरु भएको थियो । उनले जेठमै मुख्य कर्मचारी सरुवा गर्न दबाब शाक्यलाई दिएका थिए । सञ्चालक समितिको बैठकले कर्मचारी सेवा शर्त विनियमावली २०७५ को विनियम ५१ मा रहेको व्यवस्थासमेत संशोधन गर्दै शाक्यलाई जेठमै आफूले चाहेका कर्मचारी सरुवा गर्नु भनेका थिए । तर, शाक्यले त्यसो नगरेपछि मन्त्री खड्का उनीसँग रुष्ट भएका हुन् ।
शाक्यले मन्त्रीले भनेअनुसार काम गर्न नसकेका कारण असन्तुष्ट भएको बताउँछन् । उता शाक्य भने सकेसम्म मन्त्रीसँग सम्बन्ध नबिगार्ने पक्षमा छन् ।
थर्ड पोल 