एक महिनामा नै नेपाल भित्रिए सवा लाख पर्यटक 

 एक महिनामा नै नेपाल भित्रिए सवा लाख पर्यटक 

काठमाडौं । मार्चमा एक महिनामा नै सवा लाख पर्यटक नेपाल आएका छन भने उक्त महिना पर्वतारोहणको अनुमति लिने सिजन पनि हो ।पर्वतारोहणमा जानेहरुबाट मार्च महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले १० करोड ५५ लाख रुपैयाँ पर्वतारोहण रोयल्टी संकलन गरेको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ को मार्च महिनाभरमा ७९ लाख ३८ हजार डलर रोयल्टी संकलन भएको छ ।

विभागका अनुसार विभिन्न ९ वटा हिमालको आरोहणमा जाने १४८ पर्यटकले उक्त रोयल्टी तिरेका हुन । गत महिना मार्चमा सबैभन्दा बढी आरोहणको अनुमति लिनेमा सगरमाथाको लागि छ । सगरमाथा जान ६३ जनाले अनुमति लिइसकेका छन । यो संख्या जम्मा ५ वटा टीमको मात्रै हो ।

विभागका अनुसार मार्च महिनामा मात्रै १७ टिमका १०६ पुरुष र ४२ महिलाले आरोहणका लागि अनुमति लिएका छन । आरोहणमा जानेले सबैभन्दा बढी रोयल्टी सगरमाथाकै लागि तिरेका छ । सगरमाथा जान ९ करोड ११ लाख रुपैयाँ रोयल्टी तिरेको पनि विभागले जानकारी दिएको छ ।पर्यटन सिजन सुरु भएसँगै आगमनमा उत्साह थपिएको छ ।