एकैदिन बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौं । दशैं तिहार जस्तो चाडपर्वको अघिको समयमा समेत अर्थिक गतिविधि विस्तार हुन नक्दा बैंकहरूले कर्जा बढाउन सकेका छैनन् । जसले गर्दा बैंकहरूमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । सुस्त आर्थिक गतिविधिले कर्जा माग नभइरहेको अवस्थामा भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले आर्थिक तथा भौतिक रुपमा ठूलो क्षति पुगेको छ ।
जसले कर्जामा मागमा झनै सुस्तता देखिने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले १० दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो ।
पछिल्लो २ आर्थिक वर्षमा लगातार अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गरिहेको छ । निक्षेप संकलन उपकरण बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत पनि तरलता प्रशोचन भइरहेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराइरहेको छ ।
थर्ड पोल 