एनआईसीएशिया बैंकका ग्राहकलाई (याडिसन होटलमा २० प्रतिशत छुट
एनआईसीएशिया बैंकका ग्राहकलाई (याडिसन होटलमा २० प्रतिशत छुट
काठमाडौं । एनआई सी एशिया बैंकका ग्राहकलाई -याडिसन होटलमा विशेष छुट उपलब्ध गराउन होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको यस होटलमा सेवालिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्तगर्न सक्नु हुनेछ ।
यस बैंकका ग्राहकहरुले होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्छ भने Airport Lounge and Restaurant, Pastry Shop/ Tranquillity Spa मा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नेछ ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामो बैंक (MoBank) एपमार्फत भुक्तानी गर्नु पर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्धहुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
थर्ड पोल 