एमालेको राजनीतिमा पुनः जोडिएको विद्यादेवी भण्डारीको घोषणा

एमालेको राजनीतिमा पुनः जोडिएको विद्यादेवी भण्डारीको घोषणा

काठमाडौं । आफू नेकपा एमालेको राजनीतिमा जोडिएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले  घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् ।

एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् ।‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’उनले आफ्नो कुनै ठूलो महत्वकांक्षा नरहेको पनि बताइन् ।