एसईईमा असफल हुनेलाई निराश नहुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको मेहनतले एसईई नतिजामा सुधार आएको बताउनुभएको छ ।
एसईई नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मेहनत काम लागेको बताउनुभएको हो ।
उहाँले असफल हुने विद्यार्थीहरुलाई पनि निराश नहुन भन्दै अर्कोपटक सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ । गत वर्ष ४७.८६५ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्काे दिन पनि आउने छ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
थर्ड पोल 