ओली–लेखकलाई रातारात पक्राउ गर्नु प्रतिशोध देखिन्छ : हर्क साम्पाङ
श्रम संस्कृृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ‘रातारात’ पक्राउ गर्नु प्रतिशोध पूर्ण रहेको टिप्पणी गरेका छन् ।
शनिबार (चैत १४) सञ्चारकर्मीसँग उनले कानुन सबैका निम्ति बराबरी लागु हुनुपर्नेमा जोड दिए । उनले भने, “विविध कारणहरू होलान्, तथापि हिजो भर्खरै सरकारले शपथग्रहण गरेको छ । रातारात गिरफ्तारी गर्दा प्रतिशोध देखिन्छ ।”
पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको तत्कालीन जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा भदौ २३ र २४ गतेका घटना पूर्ण रूपमा नखुलाइएको उनले उल्लेख गरे । उनले सम्पदा जलाउनेको हकमा पनि प्रस्टसँग सरकार अघि बढ्नुपर्ने बताए ।
थर्ड पोल 