कोकाकोलाले नेपालमा ५ करोड डलर लगानी गर्ने

 कोकाकोलाले नेपालमा ५ करोड डलर लगानी गर्ने


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा सरकारले जग्गा प्राप्ति लगाएतका क्षेत्रमा सहजीकरण गरे कोकाकोलाले नेपालमा ५ करोड डलर लगानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको गोल्जम्यानले बताए ।

द कोकाकोला कम्पनीको ग्लोबल पब्लिक पोलिसी एण्ड सस्टेनेबिलिटीका उपाध्यक्ष माइकल गोल्जम्यानले नेपालमा ५ करोड डलर ग्रिनफिल्ड इन्भेष्टमेन्ट (पूर्णनयाँ परियोजनामा लगानी) गर्न लागेको जानकारी दिएका हुन् ।अमेरिकी बहुराष्ट्रिय कम्पनी द कोकाकोलाले नेपालमा ५ करोड डलर (करिब ६ अर्ब ७० करोड रुपैयाँ) लगानी गर्ने तयारी गरेको छ ।

‘स्टेबल रेगुलेरी वातावरण बनाउनु पर्छ भन्ने हाम्रो माग हो । कोकाकोला नेपालमा लगानी गर्ने पहिलो अमेरिकन कम्पनी हो,’ गोल्जम्यानले भने, ‘हामीहरुले नेपालमा व्यवसाय गरेको ५० वर्ष पुगेको छ । हामीहरु थप १५० वा त्यो भन्दा बढी समय नेपाल बस्न चाहँन्छौँ । त्यसका लागि सरकारले स्थिर वातावरण बनाउनु पर्छ ।’

भेटमा अर्थमन्त्री पुनले सरकारका तर्फबाट सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।भेटका क्रममा वाल्ट डिजनीका जो वेल्चले डिजनी र हटस्टार सेवा दिने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो कम्पनी दर्ताको क्रममा रहेको बताए ।