कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु

कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु


काठमाडौं, २७ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरियामा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । ३५ वर्षीय भुवनराज भट्टको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार बिहान खेतमा पानी लगाउन गएका भट्ट नहरमै मृत भेटिएको प्रहरीको भनाइ छ ।