काठमाडौंमा भुकम्पको धक्का महशुशः ७.१ को तिब्रता, हेर्नुहोस् पुरा विवरण

काठमाडौंमा भुकम्पको धक्का महशुशः ७.१ को तिब्रता, हेर्नुहोस् पुरा विवरण

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा त्यस क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

मंगलबार बिहान काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो । खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भएनभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।