काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने बालेनको घोषणा
काठमाडौं, ३० बैशाख । काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने महानगर प्रमुख बालेन शाहले घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल मार्फत मेयर शाहले यस्तो घोषणा गरेका हुन् ।
मेयर शाहले सामाजिक सञ्जाल लेखेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’
थर्ड पोल 