कामना सेवा विकास बैंकको स्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

 कामना सेवा विकास बैंकको स्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख चार हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र ज्ञानेश्वर, काठमाडौंमा रहेको बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।