कुमारी बैंक लिमिटेडको स्थापक समूहको सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले स्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकले ८ लाख कित्ता बिक्रीमा ल्याएको छ । ६ भन्दा बढी बैंकको विभिन्न संस्थापक शेयर धनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयर धनीले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
इच्छुक संस्थापक शेयर धनीहरूले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्ने छन् । संस्थापक सेयर धनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।
थर्ड पोल 