कुमारी बैंकका बचत खातामा बीमा सुविधा रोकिँदै

कुमारी बैंकका बचत खातामा बीमा सुविधा रोकिँदै


काठमाडौं ।  कुमारी बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गर्दै आएको बीमा सुविधा रोक्ने भएको छ । बैंकले आफ्ना केही विशेष बचत खातामा दिँदै आएको बीमा सुविधा आगामी आर्थिक वर्षको श्रावण ३१ गतेपछि स्थगित गर्ने भएको हो ।

बैंकले लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम तलब खाता, कुमारी रेमिट प्रिमियम खातालगायत विभिन्न खातामा बीमा सुविधा प्रदान गर्दै आएको थियो । यी खाताहरूमा ७ लाखदेखि २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आएको थियो । यी खाताहरूमा भने बीमा सुविधा यथावत् राख्ने भएको छ ।

त्यसबाहेक अन्य खाताहरूमा २०८२ श्रावण ३१ गतेपछि बीमा सुविधा कायम नहुने भएको छ । यस्तै यही असार १७ गतेपछि खोलिएका नयाँ खातामा बीमा सुविधा समावेश नगरिने समेत बैंकले जनाएको छ ।