करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कैलाली जिल्लाको भजनी नगरपालिका–२ रजवाराका ४० वर्षीय लोकबहादुर डगौराको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।
स्थानीय काँडा नदीबाट पानी तान्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो। अहिले उक्त घटनाबारे थापा अनुसन्धान भइरहेको छ।
यसअघि सोहि जिल्लाको गौरीगंगा नगरपालिका–४ राजिपुरका ५२ वर्षीय पटिङ्गो धामीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको थियो। साथै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनीमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको थियो।
थर्ड पोल 