कालीमाटी फलफूल तथा तरकारी बजार मूल्य, राजा च्याउ २९०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज ब्रोकाउलीको औसत मूल्य प्रतिकेजी १०५ रुपैयाँ र राजा च्याउको २९० रुपैयाँ तोकिएको छ ।
यसैगरी, ठुलो गोलभेडा (नेपाली) ३५ रुपैयाँ, ठुलो नेपाली गोलभेडा (भारतीय) ६५ रुपैयाँ, लोकल सानो गोलभेडा र हरियो फर्सी (डल्लो) २५ रुपैयाँ, सानो टनेल गोलभेडा, लोकल बन्दा र लाम्चो भन्टा प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, रातो आलु प्रतिकेजी ५२ रुपैयाँ ४० पैसा, रातो आलु (भारतीय) ४७ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, सुकेको प्याज ७७ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, स्थानीय ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, सेतो लोकल मूला ३५ रुपैयाँ, तने बोडी १२५ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १२५ रुपैयाँ, घिउ सिमी लोकल ११६ रुपैयाँ, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ५४ रुपैयाँ, लौका ३५ रुपैयाँ र परवर ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
थर्ड पोल 