कोशी प्रदेश सरकारको कृषि राज्यमन्त्रीमा गयानन्द मण्डल
काठमाडौ, ३१ साउन । कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले कोशी प्रदेश सरकारको राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष मण्डलले कृषि राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।नेपाली कांग्रेसका नेता समेत रहेका उनलाई मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले राज्यमन्त्री नियुक्त गरेका हुन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।
थर्ड पोल 