काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल हुने काँग्रेसले जनाएको छ ।  

यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बताइएको छ । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो । स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन काँग्रेसको केन्द्रीय संसदीय समितिले गर्छ । 

आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार दर्ताको मय भएकाले संसदीय समिति गठन गर्नैपर्ने काँग्रेसलाई बाध्यता छ ।