निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे कांग्रेसले आज निर्णय लिने
नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय आज गर्ने भएको छ । कांग्रेसले आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकबाट गठबन्धनबारे निर्णय गर्न लागेको हो ।
गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी शेखर कोइराला समूह गठबन्धन बिना नै निर्वाचनमा जानुपर्ने गरी दुई धारणा सार्वजनिक भइरहेको बेला कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण मतहतले जानकारी दिए ।
