कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ पछिल्लो विवरण
नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दामा २२ जना र १ हजार १७२ जनाको एन्टीजेन परीक्षण गर्दा ० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४६ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ठघघ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।
