गृहमन्त्री ओमप्रकाश अर्यालले गरे रवि र बालेनको चुनावी प्रचार शैलीमा रोक लगाउन निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले गरे  रवि र बालेनको चुनावी प्रचार शैलीमा रोक लगाउन निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा र दु'र्घटनाको जोखिम देखाउँदै रवि लामिछाने र बालेन शाह जस्ता उम्मेदवारले गर्दै आएको 'रुफटप' चुनावी प्रचार शैलीमा रोक लगाउन निर्देशन दिएका छन्। देशभरका सीडीओ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिँदै उनले गुडिरहेको गाडीको छतबाट वा झ्यालबाट मुन्टो निकालेर गरिने प्रचारले सुरक्षा चु'नौती थप्ने ठहर गरेका हुन्। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै सवारी साधन प्रयोगमा क'डाइ गर्ने निर्णय गरेको हो।