घट्न रोकिएन सेयर बजार, कति भयो कारोबार ?
काठमाडौं । बिहीबार पनि सेयर बजारको गिरावट थामिएन । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १७.०१ अंक घटेको हो । विगत चार कारोबार दिनयता बजार लगातार झरेको छ । अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको छ । कारोबार रकम पनि उच्च दरले घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज जम्मा ५ अर्ब ९ करोडको भयो ।
४६ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह ०.६० तथा व्यापार समूह ०.४३ प्रतिशत बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशत घट्यो । बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशत घटे ।
२ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.२४ तथा नारायणी डेभलपमेन्ट बैंकको ५ प्रतिशत मूल्य बढ्यो ।
सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशत घट्यो । सुपर खुदी हाइड्रोपावरको ७.१७, गणपति लघुवित्तको ६.३८ तथा रिजलाइन इनर्जीको ५.३३ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर छन् ।
थर्ड पोल 