घट्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।शुक्रबार चाँदी तोलाको १४१५ रुपैयाँ कारोबार भएको थियो ।
थर्ड पोल 