घरमै लुकाइएको थियो करिब ४ करोड, पक्राउ परेका व्यक्ति ७७ वर्षीय घरधनी
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गोंगबुको एक घरबाट ठूलो मात्रामा रकमसहित पक्राउ गरेको व्यक्ति स्वयं घरधनी रहेको खुलेको छ ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ आफैं घरधनी रहेको पाइएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताए ।७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेको पाइएको छ । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ ।
त्यसैगरी सुनका गरगहनाहरु पनि बरामद भएको पाइएको छ । उक्त रकम श्रेष्ठले कहाँबाट ल्याए, के प्रयोजनाका लागि राखे भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यद्यपि प्रहरीले उक्त रकम अवैध रहेको बताएको छ ।
थर्ड पोल 