चितवनका व्यवसायीले भेटे रवि लामिछाने, नारायणगढ बजार जोगाउन माग

चितवनका व्यवसायीले भेटे रवि लामिछाने, नारायणगढ बजार जोगाउन माग

 चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।

नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् ।

टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए ।

टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो ।