चिसोबाट जाजरकोटमा भूकम्प पिडित सुत्केरीको मृत्यु

चिसोबाट जाजरकोटमा भूकम्प पिडित सुत्केरीको मृत्यु


काठमाडौं । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको छ।उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। नलगाड– ८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।’

चदाराले छोरीको जन्म दिएकी थिइन्।गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।