जितगढी एकिकरणको पदयात्रा आज सम्पन्न 

जितगढी एकिकरणको पदयात्रा आज सम्पन्न 

जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीको अवसरमा जितगढी उत्सव मनाइएको हो।  

सोहि विजय उत्सवको अवसरमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउदै आएको छ । यस्तै चैत २८ गते गोरखादेखि सुरु भएको पद यात्रा टोली तत्कालीन समयको राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन आज बुटवलको जितगढी आइपुगेको जनाइएको छ।   

नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको थियो । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।