जनजीवन सामान्य बन्दैः हट्यो कर्फ्यु र निषेधाज्ञा
काठमाडौं। नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बन्न थालेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा पनि हटेको छ । ललितपुर र भक्तपुरमा भने कायमै छ ।
आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।
थर्ड पोल 