जोन्टाको १६ दिने महिला हिँसा विरुद्धको अभियान, सिल्भर माउण्टेन कलेजका विद्यार्थीको सहभागिता

जोन्टाको १६ दिने महिला हिँसा विरुद्धको अभियान, सिल्भर माउण्टेन कलेजका विद्यार्थीको सहभागिता


काठमाडौं । गोल्डेन जी क्लब अफ् सिल्भर माउण्टेन स्कूल अफ् होटल म्यानेजमेन्ट द्वारा आयोजित कार्यक्रममा सिल्भर माउण्टेन कलेजका छात्र छात्राहरुले सुन्तला रंगको रिवन र रुमाल बोकी जोन्टाको १६ दिने महिला हिँसा विरुद्ध अभियान कार्यक्रममा हातेमालो गरी "हामी नारी हिँसा सहदैनौं" भन्ने नाराका साथ सुन्तला रंगे बेलुन (हिँसा विरुद्ध को प्रतीक) उडाएर चारैतिर सन्देश फैलाउँने कार्यक्रम सम्पन्न गरेका छन् ।

सन् २०१२ मा काठमाडौंमा जोन्टा इन्टरनेशनलको भातृ संगठनको रुपमा स्थापना भएको जोन्टा क्लब अफ काठमाडौंले सेवा र वकालत मार्फत स्थानीय र राष्ट्रिय स्तरमा युवा र महिलाविरुद्ध हिंसा अन्त्य गर्नको लागि उनीहरुको आर्थिक, शैक्षिक र अन्य सम्बन्धित मुद्दाहरूमा काम गरिरहेको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप -CWGL) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भइसकेको छ ।

महिला भएकै कारण हुने विभेदका परिणामस्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाएको छ । यसको अन्त्य गर्न “संरचनागत असमानताबाट सिर्जित भेदभाव अन्तर्निहित कारणहरूको” सम्बोधन आवश्यक छ । यो तबमात्र सम्भव छ, जब राज्यले “महिलाले आफ्नो स्वपहिचान”का साथ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित हुने वातावरण सिर्जना गर्छ ।

महिला विरुद्ध र महिला भएकै कारणले हुने सम्पूर्ण हिंसात्मक कार्य महिलामाथि हुने हिंसा हुन् । ‘महिला विरुद्धको हिंसा सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँछ वा पु¥याउने सम्भावना हुन्छ । यसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज गर्ने कार्यसमेत पर्दछ ।’

संसारमा हरेक तीनमध्ये एक जना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छन् र यस्तो हिंसामा संलग्न पीडक महिलाले चिनेको, माया गर्ने र विश्वास गर्ने व्यक्ति हुने गर्दछन् । हरेक दिन महिलाले व्यक्तिगतदेखि सार्वजनिक क्षेत्रमा कुनै न कुनै प्रकारको हिंसाको सामना गरिरहनुपरेको स्थिति छ ।

समग्रतामा मुलुकको लैंगिक विकासको वस्तुस्थिति हेर्दा सन् २०१५ को संयुक्त राष्ट्र«संघीय विकास कार्यक्रम ९यूएनडीपी०को लैंगिक विकास सूचक ९न्म्क्ष्० अनुरुप नेपाल कम लैंगिक विकास भएको देशको वर्गमा अर्थात् विश्वको १४५ औँ स्थानमा पर्छ । त्यसै गरी नेपाल एशियाली मुलुकमध्ये सबैभन्दा कम लैंगिक विकास भएको देशको सूचीमा पर्छ ।