जनसमुदायबाट प्राप्त समर्थनले उत्साहित बनाएको छ : रेनु दाहाल
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी रेनु दाहालले जनसमुदायबाट प्राप्त समर्थनले आफू उत्साहित भएको बताएकी छन्।
दाहालले घरदैलो अभियानका क्रममा आम मतदाताबाट माया, विश्वास र साथ प्राप्त भएको उल्लेख गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकाल पूरा गर्दा देखाएको प्रतिबद्धता र इमान्दारिताकै कारण आफूले अपार स्नेह पाएको अनुभूति भएको बताइन् ।
दाहालले निर्वाचनमा सहभागी भएपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने उच्च मनोबल राखेको बताएकी छन्।



थर्ड पोल 