जबजको पक्षमा खुल्न सुरुमा सबै नेता डराएका थिएँ–शंकर पोखरेल

जबजको पक्षमा खुल्न सुरुमा सबै नेता डराएका थिएँ–शंकर पोखरेल


काठमाडौं, ३ जेठ । मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्मरण गराएका छन् ।

उनका अनुसार भण्डारीको जबजको पक्षमा शिर्ष नेता नखुले पनि सोको बारेमा छलफल गर्नका लागि पुर्व नेपालीको बिराटनगरवाट भेला सुरु गरिएको थियो र चितवनमा आईपुगे पछि मात्रै माधवकुमार नेपालले त्यसलाई समर्थन जनाएका थिए । तर, पदमकन्या क्याम्पसमा आए पछि माधव नेपाल पुरै खुलेर मात्रै लागेनन, त्यसको पक्षमा माहौल बनाउन पनि नेपाल निकै सक्रिय भएको पोखरेलले आज स्मरण गरेका छन् ।

उनै भण्डारीका बारेमा बारेमा पोखरेलले लेखेको स्मरणः
पाँचौ राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिए । महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो । विचारको खुला बहस संचालन गरिएको उक्त महाधिवेशको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिए । भरतमोहन कमरेडले त्यसमा सहमती जनाउदै मदनसंग कुरा गर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो ।

म वडो उत्साहकासाथ उहाँ वस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईहरु जस्ता साथिहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्विकार गर्नु भयो । उहाँले म अहिले दस्तावेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भभो । अनि उहाँले तपाई आफैले लेख्नुहोस् ।

वरु प्रकाशन गर्नु पूर्व मलाई देखाउनुहोस् भन्नु भयो । मैले पनि मदन कमरेडको सुझाव अनुरुप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए । उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमती दिनु भयो । विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसागर्ने उहाँको शैली वेजोड थियो ।

सोही महाधिवेशनका सन्दर्भको मदन कमरेडसंगको अर्को प्रसंग पनि वढो रोचक छ । महाधिवेशनमा जनताको वहुदलिय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो । पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतवाट उक्त कार्यक्रम छलफलको आधिकारीक दस्तावेज वन्न पुगेको थियो । पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत वहसका वेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन ।

पूर्वको विराटनगर देखि खुला वहस आरम्भ गरिएको थियो । चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठुलो पंक्ति पक्षमा देखिसकेको थियो । चितवनको वहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ । मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर वोल्न तयार भएकोले काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो । उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई वोल्ने लगाइएको थियो । सोही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा वोल्नु भएको थियो ।

पाँचौ राष्ट्रिय महाधिवेशनवाट जनताको वहुदलिय जनवाद अत्यधिक वहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो । पारित गराउने कुरामा समेत माधव कमरेडको सकृयता विशेष रह्यो । जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको वहुदलिय जनवाद यतिवेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त वन्न पुगेकोछ । सुरुको अवधिमा जबजको विचारले पार्टी भित्र समर्थन प्राप्तगर्न भएको त्यस प्रकारको कठिनाई भएको संझदा अनौठो अनुभूती हुन्छ ।

आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस । स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली ।