जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौं। भिमदत्त नगरपालिका–४स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका–११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडाल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
थर्ड पोल 