जसपा केन्द्रीय सदस्य हरि रिजालको कृषि फार्ममा राखियो विष्फोटक पदार्थ

जसपा केन्द्रीय सदस्य हरि रिजालको कृषि फार्ममा राखियो विष्फोटक पदार्थ

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य हरि रिजालको कृषि फार्ममा  अज्ञात समूहले विष्फोटक पदार्थ राखेकोे छ ।  जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

 दाङस्थित रिजालको कृषिफार्ममा यसअघि धम्कीपूर्ण पत्र पनि आएको भट्टराईको भनाइ छ। सो घटना निन्दनीय भएको भन्दै उनले एमसीसी वा कुनै पनि बाहानामा यस्ता अपराधिक काम गर्नेमाथि राज्यले तुरुन्त कारबाही गर्नुपर्ने बताएका छन्। 

भट्टराई भन्छन् -‘एमसीसी वा कुनै पनि बहानामा यस्ता अपराधिक कार्य गर्ने उपर राज्यले तुरून्त कार्वाही गरोस् र नेता रिजाल,उहाँका सहकर्मी र परिवारको सुरक्षा गरोस् !’