टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।
ललितपुर प्रहरीका अनुसार पहिरो झर्ने क्रम नरोकिएकोले शनिबार साँझदेखि यो राजमार्गमा सवारी साधनहरू चल्न सकेका छैनन् ।
उपकरणसहितको टोली पहिरो खसेको स्थलमा तैनाथ भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छ्याउन समस्या भएको ललितपुर प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौं-मुग्लिन सडकखण्डको कृष्णभिर र परेवाभिरमा १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षति पुर्याएपछि यो राजमार्ग बन्द छ । जसका कारण हेटौंडा-काठमाडौं आउजाउ गर्ने तीन वटा रुटमा सवारी साधनको चाप छ ।
थर्ड पोल 