ट्रेड टावरको आईपीओ डिम्याट खातामा जम्मा
काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्कासन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । सिडिएससीले असार २२ गते आइतबार साँझ सेयर प्राप्त गर्नेहरूका खातामा सेयर हस्तान्तरण गरिसकेको हो।
यो आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। नेप्सेमा सूचीकरण भइसकेपछि भोलिपल्टदेखि नै तोकिएको सिम्बोलमार्फत सेयर कारोबार सुरु गर्न सकिनेछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले असार १ गते ट्रेड टावरको आईपीओ बाँडफाँड गरेको थियो।
थर्ड पोल 