ठूला दलहरु सिद्धान्तहिन बन्दै छन्, ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो : भीम रावल
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहिन बन्दै गैइरहेको बताएका छन् । पूर्व उपाध्यक्ष रावलले महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी समेत गरे ।
बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो दाबी गरेका हुन् । उनी गत महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका थिए।‘अध्यक्ष पदमा उम्मेदवार दिएबापत स्पष्टीकरण खानुपर्ने ?,’ रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’
अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधव नेपालसँग किन प्रतिस्पर्धा गरेको भन्दै रावलले ओलीलाई प्रश्न गरेका छन्।
थर्ड पोल 