ठूलादुई दलमिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाटकाम गर्न आवश्यक रहेको छ : उर्जामन्त्री खड्का
काठमाडौँ । उर्जा ,जलश्रोत तथा सिँचाई मन्त्रीदिपक खड्काले ठूलादुई दलमिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाटकाम गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औंवार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाटकाम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यका साथ सरकार अगाडिबढेको बताए ।
उनले भने,‘ठूलादलहरु मिलेर बनेको स्थिर सरकार छ ।यतिखेर हिजो नभएका कामहरु आक्रमकढंग बाटहुन सक्नुपर्छ ।हामीत्यहि लक्ष्यका साथकाम गरिरहेको छौं । सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ । त्यो सहयोग सरकारलाई दिँदै गर्दा जनताकै लागिहुन्छ ।समस्याको सम्बोधनगर्ने ,आवश्यक कानुन परिमार्जन गरेर समय सापेक्षित बनाउने,सुशासन कायमगर्ने र मूलुकलाई आर्थिक हिसाबले दरिलो बनाउन सक्यो भने तपाई हाम्रो योगदानको उच्च कदर हुने छ ।’
त्यस्तै उनले लघु तथा साना जलविद्युत उपभोक्ता समाज हिजोको दिनमा बढि सहयोगीर सेवाको दृष्किोणमा सञ्चालन भइरहेको बताउँदै अब व्यवसायीक पनि बन्न आवश्यक रहेको बताए ।ठूला संस्थाहरुले काम गर्दैगर्दा मूलुकमा केही राजस्वपनि संलन होस्भन्ने इच्छा सरकारको भएको बताउँदै मन्त्री खड्काले सहयोगी हुँदाहुँदै व्यवसायीक कसरी बनाउने भन्नेतर्फ ध्यानदिन जरुरी रहेको बताए ।
‘हिजोको दिनमा बढि सहयोगीको हिसाबले सेवाको दृष्किोणले यहाँहरुले गर्नुभयो होला । अब यसलाई व्यवसायीक पनि थोरै बनाइएनभने यो संस्था बाच्न पनि गाह्यो हुन्छ । त्यसैले यसलाई सहयोगि हुँदाहुँदै व्यवसायीक कसरी हुन्छ त्यो सोच्नुपर्छ । यति ठूला संस्थाहरुले कामगर्दैगर्दा मूलुकमा केही राजस्वपनि संलन होस्भन्ने इच्छा सरकारको पनिहुन्छ ।’उनले भनेअहिले सबै कुरामा अनुदान कुरा आउने गरेको भन्दै उनले अनुदानमा धेरै विश्वास गर्न नहुने धारणा राखे ।
थर्ड पोल 