डडेल्धुरा जिप दुर्घटना अपडेटः मृत्यु हुनेहरूको पहिचान खुल्यो.

डडेल्धुरा जिप दुर्घटना अपडेटः मृत्यु हुनेहरूको पहिचान खुल्यो.

काठमाडौं । डडेल्धुरामा जिप दुर्घटना हुँदा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ।बिहीबार बिहान सवा ९ बजेतिर नवदुर्गा गाउँपालिका–५ चौडमा से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो।मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ कलावी साउद छन्।

६ जना घाइते समेत भएका छन्। उनीहरूको उद्धार गरी जिल्ला अस्पताल डडेल्धुरामा पठाइएको छ।१८ वर्षीया सुशिला विक, ४ वर्षीय प्रतिमा पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक घाइते छन्।