धेरै राजस्व उठाउने लक्ष्यले निजी क्षेत्रले दुःख पाएको हो : अर्थमन्त्री पुन

धेरै राजस्व उठाउने लक्ष्यले निजी क्षेत्रले दुःख पाएको हो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री पुनले धेरै राजस्व उठाउने लक्ष्यले निजी क्षेत्रले दुःख पाएको र आतंकित भएको बताएका छन्। आज नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधरणसभामा बोल्दै उनले यस्तो बताउका हुन् । अर्थमन्त्री पुनले भने, निजी क्षेत्र आज किन आतंकित छ भने हामीले ४१ प्रतिशत राजस्व उठाउने भनेर लक्ष्य तोक्यौँ, कार्यालय प्रमुखहरूलाई त्यहीअनुसार जिम्मेवारी दियौँ,’अहिलेसम्म कहिले नराखिएको लक्ष्य कि पूरा गर्नु पर्‍यो कि सरूवा हुन पर्‍यो अहिले बढी राजस्व उठाउन चाहिनेरनचाहिने फाइल हेर्न थालेपछि निजी क्षेत्र आतंकित भयो।

सरकारले चालु आर्थिक वर्षमा राजस्वको लागि राजस्वको अनुमान गर्दा गत वर्षको भन्दा ४१ प्रतिशतले बढी गरेको छ। हालसम्म अधिकतम ३२ प्रतिशत राजस्व बढेको थियो। चालु वर्षमा भने ९ प्रतिशतको मात्रै वृद्धिदर छ। अर्थमन्त्री पुनले नीतिगत स्थिरताको कारणले मात्रै निजी क्षेत्रमा लगानी गर्ने वातवरण सिर्जना हुने भएकोले सरकारले नीतिगत स्थिरताको लागि काम गरेको दाबी गरे।

अहिले अनौपचारिक रूपमा डेढ खर्बसम्मको आइटी, आइसिटी निर्यात हुन्छ भनिएको छ, आगामी पाँच वर्षमा पाँच खर्बको निर्यात गर्न सकिन्छ, यसको लागि हामीले १० वर्षलाई नीतिगत स्थिरता दिनु पर्छ,पुनले भने। अर्थमन्त्री पुनले आगामी वर्षमा करका दर र दायरा विस्तार गर्दा कारणसहित गरिने प्रतिवद्धता गरेका छन्।उनले आगामी वर्षमा आइटी क्षेत्रबाट लाभ उठाउन सकिने बताए। सिमेन्टमा आत्मनिर्भर हुनु, ऊर्जा उत्पादन बढ्नु नीतिगत स्थिरताको लाभ भएको उनको भनाइ छ।