नक्कली भुटानी शरणार्थी काण्डका आरोपी पनि संसदमा बोल्दैछन्–ठाकुरप्रसाद गैह्रे
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपी पनि संसद् बैठकमा बोलिरहेको भन्दै नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैह्रेले आश्चर्य व्यक्त गरेका छन् । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैह्रेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काम राष्ट्रघात पनि र देशद्रोही काम भएको बताए ।
उनले भने– ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौँ असुल्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भष्टाचारजन्य अपराध मात्र नभएर राष्ट्रघात पनि हो । देशद्रोही काम हो । त्यसकारण यस्तो काममा संलग्न मान्छेहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ ।’
उनले अगाडि थप भने– ‘यतिमात्र हैन कि हामीले विभिन्न समाचारहरूमा सुनिरहेका छौँ केही व्यक्तिहरू पक्राउ परेका छन् । केही व्यक्ति र सांसदलाई वारेन्ट गरिएको छ, उहाँ भागिराख्नुभएको छ केही सांसदहरू जो नोटिसमा हुनुहुन्छ, उहाँ सदनमै हुनुहुन्छ, सदनमा बोलिराख्नुभएको छ यो के भएको हो रु म यो सदनमार्फत, सभामुख मार्फत, सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ, छानबिन के भइरहेको छ, यसमा संलग्न को हुन्, यो सरकारले के गरिरहेको छ ?