नेतृत्वको अहमताले राप्रपा संकटमा

नेतृत्वको अहमताले राप्रपा संकटमा

सम्पत्ति फिर्ता मागेपछि उपाध्यक्ष लाई कारबाही?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र सम्पत्ति विवाद, नेतृत्वप्रति असन्तुष्टि र कमजोर चुनावी प्रदर्शन सँगै गम्भीर संकट देखिएको छ।
उपाध्यक्ष दिलविकास राजभण्डारी ले आफ्नो स्वामित्वमा रहेको पार्टी केन्द्रीय कार्यालय भवन फिर्ता मागेपछि आफूलाई लक्षित गरी पदबाट हटाइएको आरोप लगाएका छन्। उनले सम्पत्ति फिर्ता नगरे कानुनी कारबाहीको चेतावनी दिदै निवेदन समेत दिएका छन्।
यससँगै, समानुपातिक सांसद बनाउने आश्वासन दिएर पटक पटक धोका दिएको, निर्णय प्रक्रियामा नातावाद, कृपावाद र सीमित घेराको प्रभाव हाबी भएको आरोपले नेतृत्वमाथि प्रश्न झन् गहिरिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापा को कार्यशैली माथि असन्तुष्टि चुलिएको छ।
फागुन २१ को निर्वाचनमा पार्टी प्रत्यक्षतर्फ एक सिटमा सीमित हुनु, १५९ क्षेत्रमा जमानत जफत हुनु र समानुपातिक मतमा ठूलो गिरावट आउनुले पार्टीको आधार कमजोर भएको स्पष्ट संकेत गरेको छ।

पार्टीभित्रकै एक समूहले हारको मुख्य कारण नेतृत्वको कार्यशैली, निर्णय प्रक्रिया र संगठन सञ्चालनको कमजोरी रहेको निष्कर्ष निकालेको छ।
उनीहरूका अनुसार:
आन्तरिक एकता कायम गर्न असफल
राष्ट्रवादी शक्तिहरूलाई समेट्न नसक्नु
निर्णय सिमित घेरामा केन्द्रित हुनु
अवसरवाद र नातावाद हाबी हुनु
यी प्रवृत्तिहरूले पार्टीलाई कमजोर बनाएको ठहर गरिएको छ।

रा प्र पा 
सम्पत्ति विवाद, आश्वासनमा धोका, नातावाद, कृपावाद र नेतृत्वको अहमता 
यी सबैले राप्रपालाई आज यस्तो अवस्थामा पुर्‍याएको छ कि
“अब पार्टीलाई माटो मुनी खोज्नुपर्ने अवस्था आएको” भन्दै आन्तरिक असन्तुष्टि खुला रूपमा बाहिरिन थालेको छ।
समयमै सुधार नभए राप्रपाको भविष्य अझ अन्धकार तर्फ जाने चेतावनी स्पष्ट देखिएको छ।
सम्पत्ति विवाद, आश्वासनमा धोका, कमजोर चुनावी परिणाम र नेतृत्वको निष्क्रियता 
यी सबैले राप्रपालाई वैचारिक भन्दा अवसरवादी राजनीतितर्फ धकेलिएको आरोपलाई बलियो बनाएको छ।
विश्लेषकहरूको चेतावनी स्पष्ट छ 
समयमै सुधार नभए आगामी निर्वाचनमा राप्रपा झन् कमजोर हुने जोखिम उच्च छ।