नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ६ जना संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६८ हजार १९१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले के कति रकममा खरिद गर्न चाहेको हो त्यसको व्यहोरा खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
थर्ड पोल 