नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा नेपाल शिक्षक महासंघको धर्ना
नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा धर्ना दिएका छन्। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहयो । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।
बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । के(के हो माग रु २०७५, २०७८,२०८० र २०८१–०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।
२०८२ वैशाख १७ गते मन्त्रिपरिषद्बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न महासंघले माग गरेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयक सहमति अनुसार नभएको महासंघको ठहर छ ।
थर्ड पोल 