नेपाल र भारतका सर्वोच्च अदालतबीच सहकार्यका गर्ने समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतका सर्वोच्च अदालतले दुई देशबीचको न्यायिक सहयोग विकास, प्रवर्द्धन र सुदृढीकरण गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतीय सोर्वोच्च अदालतका प्रधानन्यायाधीश संजीव खन्नाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
‘दुई देश र यहाँका जनताबीच रहेको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धबाट प्रेरित भएर, यो समझदारी पत्रले दुई देशका न्यायपालिकाहरूबीचको सहयोग विकास, प्रवर्द्धन र सुदृढीकरण गर्ने लक्ष्य राखेको छ,’ समझदारी पत्रमा हस्ताक्षरपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
‘ढिलासुस्ती हटाउन, अदालती प्रक्रियाहरू तीव्र पार्न र सरोकारवालाहरूलाई स्तरीय सेवा प्रदान गर्न प्रविधिको प्रयोगलाई महत्त्व दिँदै, समझदारी पत्रले आ-आफ्नो अदालत र अन्य संस्थाहरूमा प्रयोग हुने प्रविधिसँग सम्बन्धित जानकारी साझा गर्ने व्यवस्था गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
थर्ड पोल 