नेपाल विद्युत् प्राधिकरणले सहिद परिवारलाई रोजगारी दिने

 नेपाल विद्युत् प्राधिकरणले सहिद परिवारलाई रोजगारी दिने


 काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औं बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

‘२०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र ९खण्ड ७५, अतिरिक्ताङ ३२, कार्तिक १७ गते, २०८२ साल० मा भएको व्यवस्थाअनुसार छुट भएका ८ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको हो ।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । बुधबार थप भएका ८ सहिद परिवारमध्ये रोजित श्रेष्ठ वनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शीतल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लम्जुङ रहेका छन् ।