नेपाल वेयर हाउजिङ कम्पनीले गर्यो आईपीओ निष्काशन

नेपाल वेयर हाउजिङ कम्पनीले गर्यो आईपीओ निष्काशन


काठमाडौं, १० कार्तिक । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नेपाल वेयर हाउजिङ कम्पनीले आईपीओ निष्काशन खुला गरेको छ । आजदेखि खुला गरेको आईपीओमा यहि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वसाधारणका लागि कूल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

उक्त शेयरमध्ये १ लाख ३७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई बिक्री गर्न लागिएको हो । २७ हजार ५०० कित्ता कर्मचारीहरुका लागि, ६८ हजार ७ सय ५० कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर भने सर्वसाधारणलाई बिक्री गरिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

उक्त कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पूरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जनाएको छ ।