नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई  हर्क साम्पाङको अनुरोध

नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई  हर्क साम्पाङको अनुरोध


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै सेना लगत माग्ने निकाय नभएको कारण पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्,‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला । सुकुम्बासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी । यो सरासर गलत छ । आतंक सिर्जना गर्न खोजिएको हो ।’