नेप्सेमा ९.३२ अंकको गिरावट, करेक्शन आउँदा ह्वात्तै बढ्यो कारोबार
काठमाडौं । केही दिन यता बढेको शेयर बजारमा साताको अन्तिम दिन आज करेक्शन आएपछि कारोबार रकम ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३२ अंकले तल झरेको हो । ०.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २११२.२९ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि विकास बैंक र फाइनान्स समूह क्रमशः १.३१ र २.०३ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी उत्पादनमूलक समूह १.०३ प्रतिशतले घटेको छ ।
थर्ड पोल 