नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै बैंकले साधारण सभा प्रयोजनको लागि शुक्रबार मंसिर २९ बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई वाणिज्य बैंकको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ। नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११५ नगद लाभांश (कर सहित) वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.७५५ बोनस सेयर र ६.८०५ नगद गरी कुल १०.५५५ लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।